प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिन फिङबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग चीनस्थित थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियो।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुग्नुभएको हो ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्स विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो।

उहाँलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर