एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्युतीय अपराधको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी अनुसार नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौं लगेर म्याद थप गर्ने काम भइरहेको छ ।

साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी बुधबार काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्युरोमा आफैं उपस्थित भएका थिए। त्यसपछि ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। धामीले पक्राउ पुर्जी माग्दै ब्युरो पुगेकी थिइन् तर तत्काल पाउन नसकेपछि फर्किएकी थिइन्। त्यसको केही समयमै महर आफैं प्रहरीसमक्ष पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर