ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा निर्विरोध

काठमाडौं । सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध भएकी छन्।

हिजो मंगलबार साँझ ४ बजेसम्म राज्य व्यवस्था समितिको सभापतिका लागि न्यौपाने एक जनाको मात्र उम्मेदवारी परेपछि उनी सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् । तर यसको औपचारिक घोषणा भने आज मात्र हुनेछ। समिति सभापतिको निर्वाचन आज दिउँसो ३ बजे समिति बैठकमै हुनेछ।

न्यौपानेको मनोनयन दर्ताका लागि प्रस्तावकमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए । हिजो दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी थिइन् ।

न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय हिजै बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर