देशका ३५ भन्दा बढी जिल्लाका नदीहरूमा बाढी आउने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा बाढी अनुमान गरेको छ।
बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल र महाकाली नदिको बहाब सतर्कता तहआसपास देखिएको छ।
यसका अलावा आज दोलखा, सिन्धुपाल्चोक,काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, लमजुङ, गोरखा, दैलेख, कालीकोट, अछाम, बैतडी, डडेलधुरा, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीको बहाब उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।

प्रतिक्रिया