आज देशभर मनसुन गतिविधि बढ्ने

काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज देशभर मनसुन गतिविधि बढ्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति भने मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र हुने महाशाखाले जनाएको छ। यी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र गण्डकी प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर