कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (Near Normal position) मा अवस्थित रहेको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी साताको मौसमी सारांश :

  • यो साताभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ । मनसुनको न्यून चापीय रेखा  साताको सुरूमा सरदर स्थानको दक्षिण तर्फ तथा मध्य र अन्त्यमा  सरदर स्थानमा रहने सम्भावना रहेको छ ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताभर कोशी र बागमती प्रदेशका केही स्थानहरुमातथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना। साताको मध्य र अन्त्यमा कोशी प्रदेश र बागमती प्रदेश एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना ।
  • पहाडी भू-भागः साताभर कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना। साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा साथै बागमती र गण्डकी प्रदेशका साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा तथा साताको मध्यमा थोरै स्थानहरुमा भारी बर्षाको पनि सम्भावना ।
  • तराई भू-भागः साताको मध्य र अन्त्यमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
  • यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ ।
  • औसतसँग तुलना गर्दाः यो साता सबै प्रदेशका केही स्थानहरूमा वर्षा, अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम औसत वा सो भन्दा बढी रहने सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर