काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रजिअ फेरियो

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
गृह मन्त्रालयले काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा खटाएको छ भने प्रशासन महाशाखा प्रमुख छविलाल रिजाईलाई सीडीओको जिम्मेवारी दिइएको छ ।
धादिङका सीडीओ सुमन घिमिरेलाई ललितपुरका सीडीओ बनाइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको सीडीओको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया