बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भदौ ५ गते बिहीबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा थोरै र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर