भारत र चीनले लिपुलेकमार्फत व्यापार गर्ने सहमति, नेपाल बेखबर ?

काठमाडौं । भारत र चीनले नेपाली भूमि प्रयोग गरी व्यापार गर्ने सहमति गरेका छन् । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नेपाली भूमि लिपुलेकमार्फत व्यापार गर्ने द्विदेशीय सहमति बारे नेपाललाई कुनै जानकारी गराइएको छैन ।

चिनियाँ विदेशमन्त्री यी दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । त्यसमा नेपाली भूमि लिपुलेकमाथि भारत र चीन दुवैले नेपाललाई जानकारी बिना उपयोग गर्ने सहमति गरेर उपेक्षा गरेका छन् ।

भारत अधिनस्थ नेपाली भूमि लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपाल सरकारले आफ्नो चुच्चे नक्सामा समावेश गरेपनि भूमि भने आफ्नो मातहत ल्याउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर