भक्तपुरको नीलबाराही क्षेत्रमा करिब २० करोडको पर्यटन पूर्वाधार विकास गरिँदै

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल नीलबाराही क्षेत्रलाई भूस्खलन र भू–क्षयबाट जोगाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।

यसका लागि मन्दिर परिसरको पूर्व–पश्चिम भागमा पहिरो तथा भू–क्षय नियन्त्रण कार्य तत्काल थालनी हुने भएको हो। करिब ९ करोड ४३ लाख रुपैयाँको लागतमा काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) र मध्यपुर थिमि नगरपालिकाले संयुक्तरूपमा काम सुरु गर्नेछन्।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भोलिदेखि नै ठेकेदारले फिल्डमा काम थाल्ने बताए। उनले दुई वर्षभित्र करिब २० करोड रुपैयाँ खर्च गरेर नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरे।

सो अवसरमा योजनाको थ्रीडी नक्सा तथा डिजाइन पनि सार्वजनिक गरिएको थियो। यसअघि उक्त नक्सा सार्वजनिक गर्ने कार्यक्रम मंगलबार बिहान नीलबाराही रिसोर्टमा तय गरिएको थियो तर स्थानीयको विरोधका कारण स्थगित गरिएको थियो। त्यसपछि दिउँसो पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा योजना सार्वजनिक गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर