उपेन्द्र यादव पक्राउ पर्ने सम्भावनाले बजार गरम

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जोडिएकोे १९ वर्ष पुरानो ‘गौर हत्या काण्ड’मा छानबिन अघि बढाउन हिजो सोमबार सरकारलाई बाध्यकारी आदेश (परमादेश) दिएसँगै अध्यक्ष यादवलाई पक्राउ गर्ने तयारी गरिएको बुझिएको छ ।
सर्वोच्चको आदेशअनुसार यादवलगायतका नेताहरूलाई पक्राउ गरेर मु२ाको अनुसन्धान गर्नका लागि धनुषा प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ । १९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितले रिट दायर गरेका थिए । यादव नेतृत्वको पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनापछि अदालतले उनी जोडिएको एउटा जघन्य अपराधसम्बन्धी मुद्दाको अनुसन्धान थाल्न भनेको हो ।
(गौर हत्याकाण्ड भएको दिन तोडफोड गरिएको सभास्थल)
प्रतिक्रिया