मौसम : देशभर साधारणतया बदली रहने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया