कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जना नेपाली श्रमिकको मृत्यु

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जाना नेपाली श्रमिकको मृत्यु भएको छ भने कतिपय श्रमिकहरु अस्पतालमा भर्ना भएका छन्।
विषाक्त मदिरा सेवनका कारण यस्तो घटना भएको कुवेत प्रहरीको प्रारम्भिक रिपोर्टले देखाएको छ। हालसम्म ७ जनाको मृत्यु भएको र थप के कत्ति नेपाली श्रमिक हताहती भएको भन्ने विवरण बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
प्रवक्ता पौडेलका अनुसार हालसम्म ३५ जना नेपाली श्रमिकको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँस्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग नेपाली दूतावासमार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताए ।
प्रतिक्रिया