सभामुखद्वारा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं ।  सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझावअनुसार आज शुक्रबार सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् । उक्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद सचिवालयमा पनि पठाउन सभामुख घिमिरेले निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर