बागमती प्रदेशमा कांग्रेसका पाँच जना मन्त्रीको शपथ ग्रहण

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्रीमा नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। नव नियुक्त मन्त्रीहरूलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार प्रदेश राजधानी हेटौंडामा आयोजित एक समारोहमा शपथ ग्रहण गराए ।

नव नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेश्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी रहेका छन् । शपथ ग्रहण समारोहपछि नव नियुक्त मन्त्रीहरूले आ–मन्त्रालयको पदभारसमेत ग्रहण गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर