स्थानीय सम्भावना सदुपयोग गरे देश छिट्टै आत्मनिर्भर हुन्छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय स्तरबाट सृजनात्मक ढंगले सम्भावनाहरूको सदुपयोग गरे मात्र देश छिट्टै आत्मनिर्भर बन्न सक्ने बताएका छन्।

शुक्रबार भक्तपुरको चाँगुनारायणमा सम्पन्न सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा उनले देशमा रोजगारी सृजना गर्ने पहल र प्रोत्साहन आवश्यक रहेको बताए। प्रचण्डले नेपालको संस्कृति, भाषा र विकास संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको चुनौती भएको पनि बताए।

उनले भने, “देशभित्रै सम्भावना छ। सकारात्मक सोच र रचनात्मक काम अघि बढाउँदा विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिन्छ। स्थानीय स्तरबाट सम्भावनाको सदुपयोग गरे मात्र आत्मनिर्भर बन्न समय लाग्दैन।”

प्राकृतिक र ऐतिहासिक स्रोतको उपयोग गरी मौलिक विकास मोडल निर्माण गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर