प्रधानमन्त्री ओलीले चीनमा मोदी र सीसँग भेटवार्ता गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ ।

विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको सांघाइ को–अपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएको छ । सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । परराष्ट्र मन्त्रालयको एक स्रोत अनुसार राष्ट्रपति सी जिङ पिन र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ ।

शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनको तियानजिन शहरमा आयोजना हुँदैछ । यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर