सुनसरीमा बस र माइक्रो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । सुनसरीमा बस र माइक्रो एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच (बलुवा चोक) मा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काँकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर