राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच सरकारका काम कारबाही र पछिल्लो समसामयिक राजनीतिकबारे छलफल भएको छ। सचिवालयले नियमित भेटघाट रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भएको गतिविधि राष्ट्रपतिसमक्ष जानकारी गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर