कैलाली कारागारमा झडपपछि गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग छलफल बोलाए

काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र दर्जनौँ घाइते भएका घटनाप्रति गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शनिबार बोलाएका छन्।

धनगढी–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भैरहेको छ।

घटनाको विस्तृत जानकारी र आगामी सुरक्षा व्यवस्थाबारे छलफलका लागि सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको यस बैठकले कैलाली कारागारको अवस्था सुधार्न पहल गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर