विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्बको फाइदा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा विद्युत् व्यापारबाट नेपाललाई साढे चार अर्ब रुपैयाँको फाइदा भएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस वर्ष नेपालले आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात गर्ने सफलता पाएको उल्लेख गरे। “हामीले यस वर्ष साढे चार अर्ब फाइदा गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,” ओलीले भने।

उनका अनुसार, विगतमा विद्युत्भार कटौती हटे पनि उद्योग क्षेत्रमा अझै कटौती हुने समस्या थियो, तर अब उद्योगमा पनि विद्युत् आपूर्ति बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर