सेयर कारोबारी जयन्त श्रीवास्तव ठगीको आरोपमा पक्राउ

काठमाडौं । सेयर कारोबारी जयन्त श्रीवास्तव ठगीको आरोपमा पक्राउ परेका छन् । उनी सिप्रवी सेक्युरिटी )२२ नम्बर ब्रोकर) का महाप्रबन्धक हुन् ।

यसअघि पक्राउ जरेका सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मीता मुरारका अग्रवालले दिएको जाहेरीका आधारमा श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अग्रवालकी श्रीमती मीताले दिएको जाहेरीअनुसार श्रीवास्तवले ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । मीताले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतीषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । ब्रोकरसँगको कारोबार विवादकै कारण अग्रवाल यसअघि साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । तर, उनी काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर