बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं ।  वर्षाका कारण पहिरो खसेपछि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका– ९ रमिलापुर नजिक पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण गएराती करिब एक बजेतिर सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्रा प्रहरी निरिक्षक बलराम पाण्डेयले बताए ।

सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको पाण्डेयले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर