कुलिङ पिरियडसम्बन्धी प्रतिवेदन सभामुखसमक्ष पेश

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ‘संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदल छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा समितिका सभापति जीवन परियारले प्रतिवेदन सभामुखसमक्ष बुझाएका हुन् । प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
कांग्रेस सांसद परियार सभापति रहेको समितिले संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया