अविरल वर्षाका कारण दाङ–सल्यान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

दाङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
कपुरकोट गाउँपालिका–३ स्थित सडक खण्डमा आज बिहानैदेखि पहिरो खस्दा सवारी आवागमन ठप्प भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईले जानकारी दिए।
उनका अनुसार, अविरल वर्षाका कारण पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास जारी रहेको छ। उनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया