मनसुनी वायुको प्रभाव : तराईतिर वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती देशभर अधिकांश बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटमा वर्षा

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो । नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यता अर्घाखाँचीमा पनि १०४.२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्यम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर