संघीय सरकारको कार्यकुशलता बढाउने निर्णयसँगै सत्तारुढ दलको बैठक सम्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ताधारी दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहीबार भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।
सरकारका कामकारबाही, कानुन निर्माण, र बागमती प्रदेशको राजनीतिक अवस्थाबारे छलफल भए पनि संघीय सरकारमा मन्त्री हेरफेरबारे भने कुनै चर्चा नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

‘यसैबीीच संघीय मन्त्री हेरफेरबारे विषय प्रवेशसमेत भएन, त्यसबारे छलफल नै भएन,’ उपसभापति खड्काले भने । उनका अनुसार बैठकमा संघीय सरकारको कामकारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनमा गति दिने र अड्किएका विधेयकलाई अघि बढाएर कानुन निर्माण प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल केन्द्रित भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर