आज साउन १५ गते बिहीबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक स्थिति सबल रहनेछ। वरिष्ठ जनहरूको सहयोगले कार्यमा निखार आउनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। वित्तीय वा कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायलाई लिएर गरेको यात्राको परिणाम अनुकूल रहनेछ। कार्यक्षेत्रमा आँखा बन्द गरेर कसैको विश्वास नगर्नुहोस्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारीका नयाँ अवसर मिल्नेछन्। पुराना उल्झेका मामलाहरू सुल्झिनेछन्। सन्तानको स्वास्थ्यलाई लिएर धन खर्च होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन र अध्यापनम सफलताको योग छ। साथीभाईहरूबाट समयमा सहयोग नमिल्नाले मन खिन्न रहन सक्छ। नयाँ सम्पर्कबाट अड्केको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैवाहिक जीवनमा विश्वासमा कमी आउन सक्छ सावधान रहनुहोस्। सहकर्मीहरूसँग मनमुटावले कार्यक्षेत्रमा बाधा पर्न सक्छ। घर परिवारमा बच्चाहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकारीहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनेछ। अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो रोग उब्जिने र स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। अरुको भरपर्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारी व्यापारमा नयाँ सुरुवात हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। धैर्य वा लगनशीलताले राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। कार्यक्षेत्रमा चलिरहेको काममा गति आउनेछ। सेवामूलक काममा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हत्तारमा कुनै निर्णय नलिनुहोला। अध्ययनमा प्रगति हुनेछ साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जीवन साथीसँग वैचारिक मतभेदका योग छन्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। मातापिता वा गुरुजनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ सम्बन्धले खुसी लिएर आउनेछ। अप्ठ्यारा कार्य पनि सजिलै पूर्ण गर्न सकिनेछ। कारोबार विस्तारलाई लिएर नयाँ अनुबन्ध गर्ने समय रहेको छ। अनुभवको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।