राजेश अहिराज पुर्पक्षका लागि डिल्ली बजार कारागार चलान

काठमाडौं ।  मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भए बमोजिम डिल्ली बजार कारागार लगिएको छ। आज बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको थियो।

रौतहटको गढीमाई नगरपालिका-४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्।

युवतीले आफूसँग पहिले विदेश जानका लागि भन्दै २० लाख रुपैयाँ माग गरेको तर पछि विदेश नगए पनि रकम दिनु भन्दै माग गरेकाले ३ लाख रुपैयाँ दिएको उनको बयान छ। २०८१ भदौ २३ गते ३ लाख रुपैयाँ दिएको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर