जंगली हात्तीको आक्रमणबाट सेनाका जवान घाइते

काठमाडौं । नेपाली सेनाका हुद्दा नन्दसिंह ठकुरी जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तोकिएको एम्बुस पोइन्टबाट फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

बुद्धि चोक एम्बुस पेइन्टबाट बिहान करिब ६ः०० बजे पेट्रोलिङ सकेर बेस फिर्ता हुने क्रममा ठकुरीलाई ‘गोबिन्द’ नामको जङ्गली हात्तीले आक्रमण गरेको थियो। उक्त समयमा सँगै रहेका सैनिकले ३ राउन्ड हवाई फायर गरेपछि हात्ती तर्सिएर भागेको थियो ।

आक्रमणबाट घाइते भएका ठकुरीलाई सौराहाबाट गएको नेपाली सेनाको टोलीले उद्धार गरी बकुलहर अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाको सौराहा सेक्टरअन्तर्गतको क गुल्मका अनुसार उनको अवस्था अहिले सामान्य छ र उपचार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाले सुरक्षा गस्तीका क्रममा यस्ता जनावरको आक्रमणमा पर्ने गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर