देशका विभिन्न भागस्थित नदीनालामा बाढी आउने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बुधबार मनसुनी वर्षाका कारण देशका विभिन्न भागस्थित नदीनालामा बाढी आउने चेतावनी जारी गरेको छ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
बुधबार सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला, र आसपासका जिल्ला भई बहने स९साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स९साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।