सहकारीपीडितको पैसा फिर्ता गर्न देउवाको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली का‌‌ग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकहरूबाट ठगिएका बचतकर्ताहरूको रकम यथाशीघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार आयोजित एक कार्यक्रममा देउवाले कतिपय सहकारी सञ्चालकहरूबाट ठगिएका बचतकर्ताहरूको रकम फिर्ताका लागि प्रभावकारी नीति लिन पनि सरकारलाई सुझाए।

उनले वित्तीय सुशासन कायम गर्न र स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई निरन्तर दबाब दिँदै आएको पनि बताए।

सभापति देउवाले भने, “कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरूको रकम यथाशीघ्र फिर्ता गराउन, प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको छ। मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याई जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिबद्ध छ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर