मनसुनी वायुको प्रभाव : मध्यम वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रेदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ।

आज साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहि बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर