सिन्धुलीमा एउटै घरका १६ जना सम्पर्कविहीन !!

काठमाडौं ।  सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्।

वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्। उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको बताएका छन्। लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन र प्रहरीले खोजी सुरु गरेका छन् ।

बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल बताउँछन् । उनका अनुसार शुक्रबार या शनिबारदेखि नै उनीहरुले घर छाडेका हुन् । यसबारे थप खोजीकार्य जारी रहेको अध्यक्ष बरालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर