गासाइँकुण्डमा डुबेका दुईजनाको शव बाहिर निकालियो

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–०५ स्थित पवित्र तीर्थस्थल गोसाईंकुण्डमा आइतबार दिउँसो करिब ४ बजेतिर डुबेर बेपत्ता भएका दुवै जनाको शव कुण्ड बाट निकालिएको छ । नेपाली सेना नेपाल प्रहरीको उद्धार टोली हिजो राती नै घटनास्थलतर्फ पुगर परिचालित भएको थियो ।
आज बिहान ७ः३० बजेबाट सुरु गरिएको उद्धार कार्यमा निरन्तर प्रयास गर्दा पानी परिरहेको कठिन परिस्थितिका बिच पनि बिहान १०ः०५ बजे दुवै जनाको शव कुण्डबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरूको शव अहिले पोस्टमार्टमका लागि सदरमुकाम धुन्चे ल्याई पोस्टमार्टम पश्चात् आफन्तलाई बुझाउने तयारी गरिएको उनले बताए । मृत्यु हुनेहरूमा जिल्ला मोरङको बेलबारी निवासी अन्दाजी २६ वर्षीय मनोज न्यौपाने र जिल्ला मोरङकै विराटनगर निवासी सुजन ढकाल रहेका छन् ।