अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोग लगाउन माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि महाभियोग लगाउन माग गरेकी छन् ।  उनले राष्ट्रियसभाको आइतबारको बैठकमा मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरिन् । सांसद पन्तको भनाइ नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा विशेष अदालतले सेलेक्टिभ प्रोस्युकेसन (चयनमुखी अनुसन्धान) का सम्बन्धमा गरेको टिप्पणीको पृष्ठभूमिमा आधारित रहेको छ ।

(सांसद कमला पन्त)

उनले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले  राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर