नेपालभर स्वच्छ पिउने पानी निःशुल्क गर्ने आवश्यकता : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालभर स्वच्छ पिउने पानी निःशुल्क गर्ने आवश्यकता रहेको औंल्यँएका छन् । हिजो शनिबार तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभाको पाल्पामा उद्घाटन गर्दै मन्त्री यादवले नेपालभर खानेपानी निःशुल्क गर्न आवश्यक रहेको बताएका हुन् ।

अहिले खडेरीका कारण तराई मधेसमा देखिएको खानेपानीको हाहाकारलाई तत्काल समाधान गर्न खानेपानी मन्त्रालय विशेष योजना बनाएर अगाडि बढाइएको जानकारीसमेत दिए ।

एक फरक प्रसङ्गमा मन्त्री यादवले अहिलेको गठबन्धन सरकार विघटन हुन्छ भनेर गरिएको हल्ला निराधार रहेको भन्दै पर्याप्त वर्षा नहुँदा देखिएको खानेपानी र सिँचाइको समस्या तत्काल समाधान हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर