सुखाग्रस्त मधेशका लागि राहत प्याकेज तयार : प्रधानमन्त्री

काठमाडौं । सुख्खाग्रस्त मधेशको लागि सरकारले प्याकेज तयार गरी सकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बाराको परवानीपुर गाउँपालिकाको प्रशासकिय भवनको हिजो शुक्रबार उदघाटन गर्दै सुख्खाको समस्या खेपीरहेको मधेशको लागि प्याकेज तयार गरेको उनले बताए ।
सुख्खाग्रस्त क्षेत्रलाई मन्त्रीहरूको टोलीसँगै हवाई मार्गबाट अवलोकन गर्दै अन्य जिल्लाको तुलनामा बारा बढी सुख्खा भएको प्रधानमन्त्री ओलीले बताए । मधेश प्रदेशको आठ वटै जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा सरकारले तयार गरेको राहतको प्याकेज वितरण गर्ने तयारी गरेको प्रधानमन्त्रीले बताए ।
सरकारले सुनकोसी–मरिन डाइभर्सनलाई सुख्खाग्रस्त क्षेत्रको लागि प्रयोगमा ल्याउने तयारी गरेको प्रधानमन्त्री ओलीले बताए । मधेश प्रदेशको करिव १ लाख ८५ हजार बिगाहा भूमि सिँचाइ हुने र किसानहरूले ४ देखि ६ बाली उत्पादन गर्न सक्ने भएकोले सुनकोसी–लहान सुनकोसी–कमला सिँचाइ आयोजनालाई सरकारले प्राथमिकताको साथ अघि बढाउन तयारी गरेको उनले बताए ।
प्रकृतिक श्रोत साधन खोलानालाको कडाइको साथ दोहन हुन बाट जोगाउन तयारी गरेको उनले बताए । चुरे क्षेत्रको दोहन रोकी संरक्षण गरे पानीको अभाव केही हद सम्म कम गर्न सकिने ओलीले बताए ।
आफुलाई सम्झना आउछ, ‘ आफ्नै कार्यकालमा शुरू गरेको मेची देखि महाकाली सम्मको हुलाकी राजमार्गको कार्य सम्पन्न भएको जानकारी गराए । आफुले नेतृत्व गरेको सरकारले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले प्रगति गरेको बताए । त्यसैले पनि नपुगेको उनले बताए । देशको लागि धेरै काम गर्न बाकी रहेको अवस्थामा राजनीतिक अस्थिरताले केही गर्न नसकेको उनले बताए ।
विदेशी पर्यटक नेपाल घुम्न आउदा मनमोहक हुने गर्थे ओलीले भने । तर केही वर्ष देखि आन्दोलनको नाममा बन्द गर्ने चक्काजामले विकासमा अवरोध पुर्याएको उनले बताए ।
राजतन्त्र ढले पछि विकास निर्माणको कार्य गति लिएको प्रधानमन्त्रीले बताए । सरकारले चौतर्फी रूपमा पूर्वाधार, बाटोघाटो, विद्युतीकरण, कृषि पूर्वाधार, सिँचाई, खानेपानी, शिक्षा स्वास्थ्यको क्षेत्रमा सरकारले प्रगति गरेको उनले बताए । सरकारले ३ हजार भन्दा बढी पुल निर्माण गरेको समेत जानकारी गराए ।