बागमतीका चारजना मन्त्री बर्खास्त

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने चार मन्त्रीलाई बर्खास्त गरेका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।

राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन्। उनीहरु चारै जनालाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्। राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन्। यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ। यद्यपि, पत्रमा भने २१ जनाले मात्र हस्ताक्षर गरेका छन्। यस सम्बन्धमा कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमार्फत जानकारी पठाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर