आज साउन ९ गते शुक्रबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारको सहयोग नमिल्नाले आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा सावधान रहनुहोला। व्यापार व्यवसायलाई लिएर मन चिन्ताग्रस्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलता र कार्यकुशलताले जटिल समस्याको समाधान हुनेछ। अध्ययनलाई लिएर नयाँ बाटोहरू खुल्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा गरेको परिश्रमबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। सम्पर्क क्षेत्रमा वृद्धि हुनेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवन साथीसँग वैचारिक मतभेद सुल्झाउन सफल भइनेछ। मित्रको सहयोग मिल्नेछ। घर परिवारमा शुभ मांगलिक कार्यको योजना बन्नेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएका कार्य सम्पादन गर्नमा बाधा आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ अवसरको खोज सफल हुनेछ। आफन्तजनहरूसँगको विश्वास गुम्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको मार्गदर्शन मिल्नेछ। परिवारमा एक अर्कामाथि विश्वास बढ्नेछ। आय आर्जनका नयाँ मार्ग प्रशस्त हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पितासँग आत्मीयता बढ्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ। स्यानु स्यानु कुरामा रिसाउने बानीले बोलिको विपरीत अर्थ लाग्ला। भविष्यलाई लिएर योजना कोरिनेछ। शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। आफन्तहरूले व्यर्थमा अलमल्याउन सक्छन्। नयाँ अवसरको खोजीमा केही दौडदुप गर्नुपर्ला। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्षमा सुधार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। अविवाहित हुनुहुन्छ भने विवाह आदिको कुराकानी चल्नेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांस्कृतिक कार्यक्रमहरूमा विशेष स्थान प्राप्त होला। आफ्नो योग्यतालाई निखार्ने अवसर रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर