कांग्रेस अब एक भएर अघि बढ्ने छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अब एक भएर अघि बढ्ने बताएका छन् । धादिङ कांग्रेसका संस्थापक सभापति भरतप्रसाद उप्रेतीको १३ औं दिनको श्रद्धाञ्जली सभामा धादिङको धुनीवेशीमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले धादिङबाट कांग्रेस एक भएर अघि बढ्ने सन्देश दिएको हो ।
सभापति देउवाले अहिलेको संविधानमा समावेशिताका हिसाबले उत्कृष्ट रहेको तर संविधानले अवलम्बन गरेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत ल्याउन कठिन हुने उल्लेख गरे । तर यस्तो अवस्थामा पनि सबै एकजुट भएर अघि बढे कांग्रेसले बहुमत ल्याउन सक्ने उनको भनाइ थियो। बहुमत ल्याउनको लागि सबै एकजुट हुन र मेहनत गर्न पनि सभापति देउवाले सबै कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया