रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ।  संघीय सरकारले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ । यही साउन ७ गते बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै रुकुम पूर्वको सदरमुकामको विवाद पनि मिलेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।  नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल सरकारको नाममा दर्ता रहेको रूपन्देही जिल्ला साविक सिलौटिया गा.वि.स. वडा नं. ६ को सरकारी प्रकृतिको ०-९-० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिका, रूपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर