भक्तपुरको बोडे सिन्टिटारमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आज विहान ६ः४५ बजे बोडे सिन्टिटारस्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै मृत फेला परेका हुन् ।

उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर