मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन । काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आधारमा उनलाई हिजो आइतबार प्रहरीले पक्राउ गरेको हो । सोही अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिएको छ ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरुद्ध माघ ३ गते नै दर्ता भएको थियो । जाहेरी दर्तालगत्तै भागेर भारत गएका अहिराज केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा खोजी गरिएको थियो । पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । जाहेरीकर्ता मधेसीमूलकी युवती हुन् ।
काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।