कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियार स्रोतका अनुसार, दिउँसो पौने २ बजेतिर नगरपालिका कार्यालयमै एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीको सन्दर्भमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको हो।
पक्राउपछि अख्तियारको टोलीले घटनास्थलमा मुचुल्का उठाउँदै प्रारम्भिक अनुसन्धान कार्य अगाडि बढाएको छ। भ्रष्टाचारको विरुद्धमा भइरहेको यो पछिल्लो कारबाहीलाई स्थानीय तहमा भ्रष्टाचार नियन्त्रणतर्फको कडाइका रूपमा हेरिएको छ।
प्रतिक्रिया