‘दादागिरी र गुन्डागर्दी’ गर्ने इन्सपेक्टरमाथि कारवाही गर्न रास्वपाको माग

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भर्त्सना गरेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो।

सोही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका थिए। उनको ‘दादागिरी र गुन्डागर्दी’ शैलीमा माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर