काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । मेयर बालेन साहले भोलि शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।
बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिला हुँदै आएको थियो । अब कार्यपालिका बोलाइएसँगै बजेटसम्बन्धी अन्योलता हटेको छ ।
प्रतिक्रिया