म्यादीमा पहिरोले पुरिएका दुईमध्ये एक शव फेला

काठमाडौं ।   पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् । हिजो बुधबार दिउँसो घर नजिकै पाखोबारीमा घाँस काट्ने क्रममा एक्कासि माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक पहिरोमा पुरिएका थिए ।

पहिरोमा परेर पुरिएका उनीहरु नाताले बाबुछोरा हुन् । उनीहरुमध्ये बाबु जगेन्द्र विकको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । लुक्सीपारमा माथिबाट खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले बेपत्ता सरोजको खोजी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर