तातोपानी पुग्ने सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गको इकु क्षेत्रमा पहिरो जानाले तातोपानी पुग्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि समस्या भएको प्रहरीले जनाएको छ। सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन।
रसुवागढीमा आएको बाढीले तिबबतको केरुङ नाकासँग पूर्णरूपमा व्यपारिक समबन्ध विच्छेद भएकोमा अब तोतोपानी–कोदारी नाका पनि अवरुद्ध हुनाले नेपालको उत्तर–पूर्वी क्षेत्र चीनको तिब्बतसँग सडक मार्ग पूर्णतयाः सम्पर्कसम्पर्कविहीन भएको छ ।
प्रतिक्रिया