सुनचाँदी व्यवसायीहरूको आन्दोलनले कसलाई के असर पर्‍यो ?

काठमाडौं । सुनचाँदी व्यवसायीहरू आन्दोलन जारी रहेकाले दैनिजसो सुनचाँदीको मूल्य निर्धारण गर्ने कार्य विगतदेखि प्रभावित हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत सुनमा २ प्रतिशत विलाशिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाको विरुद्धमा पसल बन्द गर्दै काठमाडौं र जिल्ला–जिल्लामा प्रदर्शन गर्दै आएको छ ।

उनीहरूले उपरोक्त व्यवस्था हटाउने माग गर्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटे पनि सरकारले माग पूरा गरेका छैनन् । नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार पाएको महासङ्घले विरोधस्वरूप सुनचाँदीको दैनिक मूल्य निर्धारण गर्ने कार्य बन्द गरेका छन् । महासङ्घले पछिल्लो पटक गत बिहीबार मूल्य सार्वजनिक गरेको थियो । त्यसयता सुनचाँदीको मूल्य सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर